बिहीवार युगान्डामा आम चुनाव हुँदैछ। दर्जनौंको हत्यापछि हुन लागेको चुनावमा राष्ट्रपति योवेरी मुसेवेनी पुन: प्रतिस्पर्धा गर्दैछन्। ३५ वर्षयता राष्ट्रपति पदका लागि यो उनको छैटौं उम्मेद्वारी हुनेछ।
उनीसँगै पद दावी गर्ने अन्य १० जना छन्। जसमध्ये एक हुन् पप स्टारबाट नेता बनेका रोबर्ट क्यगुल्यानी सेसेन्टामु उर्फ बोबी वाइन।
सन् २००० मै पूर्वी अफ्रिकन सुपरस्टार बनेका बोबीले पहिलो पटक सन २०१७ मा संसदको सिट जितेका थिए। उनलाई 'यहूदी बस्तीको अध्यक्ष' पनि भनिन्छ।
उनलाई राष्ट्रपति मुसेवेनीको सबैभन्दा ठूलो प्रतिस्पर्धी मानिएको छ। उनले युवाहरू संगठित गरेका छन् जसलाई राजनीतिमा कुनै रुची थिएन। बोबीले पछिल्लो समय राष्ट्रपतिको आलोचना गरिरहेका छन्। उनलाई जनतासँग डराएको आरोप लगाएका छन्।
बोबीलाई राष्ट्रपतिले पनि हल्ला रुपमा नलिएको बीबीसीले जनाएको छ। उनको आरोप प्रतिवाद गर्दै भनेका छन् – 'बोबी विदेशी दलाल हो। जो युगान्डाको स्वतन्त्रता र स्थिरता भङ्ग गर्न चाहन्छ।' राष्ट्रपतिले बोबीलाई युवाहरूलाई हिंसामा होमिन प्रेरित गरेको आरोप लगाएका छन्।
बोबी वाइनलाई राजनीतिमा लागेपछि धेरै पटक गिरफ्तार गरिएको छ। उनले मुसेवेनीविरुद्ध 'तानाशाह'लाई हटाउने अभियान समेत सुरु गरेका छन्। उनको समर्थनमा हजारौं ट्वीट भएका छन्।