PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

तीन वर्षपछि फेरि उस्तै काण्डमा पक्राउ परे आरआर क्याम्पसका शिक्षक



पहिलोपोस्ट

तीन वर्षपछि फेरि उस्तै काण्डमा पक्राउ परे आरआर क्याम्पसका शिक्षक

काठमाडौं : रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसको मानवशास्त्रका उपप्राध्यापक विष्णुप्रसाद आचार्य फेरि पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आचार्यलाई त्यही अध्ययनरत एक छात्राको उजुरीका आधारमा पक्राउ गरेको हो। तीन वर्ष अघि २०७४ साउन १८ गते क्याम्पसमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा उनी पक्राउ परेका थिए। यसपटक पनि उनी उस्तैखाले केसमा समातिएका हुन्।  

फेसबुक म्यासेन्जरबाट छात्रालाई अश्लिल सन्देश पठाएको उजुरीपछि उनलाई नियन्त्रणमा लिइएको हो।

'फेसबुकमा अभद्र शब्द लेखेर आफ्नै विद्यार्थीलाई म्यासेज गरेको देखियो। त्यसैले थप अनुसन्धान गर्न नियन्त्रणमा लिएका हौं,' परिसरका एसएसपी अशोक सिंहले भने।

प्रहरीले उनीबिरुद्ध अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको छ। म्यासेन्जरबाट छात्रालाई अश्लिल शब्द प्रयोग गरेको भए साइबर क्राइम अन्तर्गत उनलाई कारवाही हुनेछ। 

यसअघि पनि उनलाई अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको थियो। छात्रालाई कक्षा कोठामा नै यौन हिंसा गरेको आरोप उनीमाथि थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell