- फूलमान तामाङ -
बाह्रबिसे : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस युनियन सिन्धुपाल्चोकले आयोजना गरेको प्रेस मिटमा बोल्न अस्वीकार गरेका छन्।
नेपाली काँग्रेस केन्द्रीय खेलकुद विभागले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ स्थित पालाँती अङ्गेरी पाखा खेल मैदानमा आयोजना गरेको कार्यक्रममा पुगेका देउवाले कार्यक्रममा उपस्थित नै हुन नमानेका हुन्।
काँग्रेस केन्द्रीय सदस्य एवं खेलकुद विभागका संयोजक मोहन बस्नेतले पलाती स्थित आफ्नो भवनमा देउवाले बोल्ने कार्यक्रम भएको भन्दै प्रेस मिटको बन्दोबस्ती गरेका थिए। सवा १२ बजेतिर कैलाश एयरको हेलिकप्टरबाट पलाती ओर्लिएका देउवालाई जिल्लाको पार्टी विवाद र महाधिवेशनको मिति कहिले तोक्ने जस्ता प्रश्न गर्ने तयारी गरेका थिए। तर, केहीबेरमा देउवाले प्रेस मिटमा नबोल्ने भनेपछि पत्रकारहरु खेल मैदानतिर लागे।
जिल्लास्तरीय काेमलमाया खड्ग बस्नेत स्मृति कप फुटबल प्रतियाेगिताको समापन समारोहलाई सम्बोधन गर्न सभापति देउवा यता आइपुगेका हुन्।
