PahiloPost

Jun 15, 2026 | १ असार २०८३

'ब्लडी सन्डे' बारे लेखिएको ट्‍वीटका लागि नेट्फ्लिक्सले माग्यो माफी



पहिलोपोस्ट

'ब्लडी सन्डे' बारे लेखिएको ट्‍वीटका लागि नेट्फ्लिक्सले माग्यो माफी
Getty Images

नेटफ्लिक्सले एक प्रचारात्मक ट्वीटका लागि माफी मागेको छ। 'चिलिङ एड्भेन्चर अफ सब्रिना'को प्रचारका लागि लेखेको पोस्ट हटाइएको हो। उक्त ट्वीटमा प्रयोग गरिएको 'ब्लडी सन्डे'माथि आपत्ती जनाइएको थियो।

ट्वीटमा स्टार कायरनान सिप्कासहित उक्त हरर फिक्सन ड्रामाका कलाकारहरूमाथि नक्कली रगत लत्पतिएको तस्विर थियो। ट्वीटर प्रयोगकर्ताले त्यस पोस्टलाई आपत्तिजनक भएको बताए।

पोस्टले सन्‍ १९७२ जनवरी ३०, आइतवार उत्तरी आयरल्यान्डमा भएको हत्याकाण्ड जनाएको भन्दै विरोध गरिएको हो। त्यस समय बेलायती सेनाले २६ जना आम मानिसको गोली हानेका थिए। जसमध्य १३ जनाको मृत्यु भएको थियो। घटनापछि सोही दिनलाई 'ब्लडी सन्डे' भनिन्छ।

घटना केन्द्रित रहेर र युद्धले दिएको चोट देखाउँदै आयरिस रक ब्यान्ड यूटूले गीत 'ब्लडी सन्डे' समेत सार्वजनिक गरेको थियो।

पोस्टका लागि माफी माग्दै नेट्फ्लिक्सले लेख्यो : ट्वीटका कारण पर्न गएको चोट र तनावका लागि माफी चाहन्छौं। हाम्रो ट्वीट स्वीकार्य थिएन। त्यसैले हामीले उक्त पोस्ट हटाएका छौं।

ट्वीट शो सब्रिनाकै ट्वीटर ह्यान्डलबाट भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell