PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

‘मोडल हन्ट नेपाल’को छैठौं संस्करण हुँदै



पहिलोपोस्ट

‘मोडल हन्ट नेपाल’को छैठौं संस्करण हुँदै

काठमाडौं : सौदर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल’को छैठौं संस्करण हुने भएको छ। नेक्स्ट मोडल्स नेपालको आयोजनामा हुने प्रतियोगिताको लागि मंगलवारदेखि आवेदन खुल्ला गरिएको छ।

 प्रतियोगितामा १६ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागीता जनाउन सक्ने छन्। उचाईको हकमा पुरुष सहभागी ५ फिट ६ इन्च तथा महिला कम्तीमा ५ फिट २ इन्च हुनुपर्ने प्रावधान रहेको छ।

पहिलो चरणको अडिसन अगामी माघ १० गते काठमाडौमा आयोजना हुँदैछ।

अन्तिम प्रतिस्पर्धाका लागि छानिएका प्रतियोगीलाई मोडलिङ सम्बन्धी व्यक्तित्व विकास, शारारिक बनावट, मोडल हिँडाइ, आत्मविश्वासलगायत विभिन्न विधामा आधारित तालिम साथै फोटोसुट, रनवे प्रस्तुतिकरणलगायतका ३५ दिनको ग्रुमिङ कक्षामा सहभागी गराइने बताइएको छ।

प्रतियोगिताको विजेताले नगद एक लाखसहित दक्षिण कोरियामा संचालन हुने ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell