PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

‘जासुस अभिषको भाइरससँगको जित’ सार्वजनिक



पहिलोपोस्ट

‘जासुस अभिषको भाइरससँगको जित’ सार्वजनिक

काठमाडौं : बालबालिकालाई भाइरस चिनाउने पुस्तक ‘जासुस अभिषको भाइरससँगको जित’ सार्वजनिक भएको छ। कथालयले प्रकाशन गरेको पुस्तक छल्मन बाइराले लेखेका हुन्। र, बालर्थतोया मुखजार्गलको चित्राङ्कन रहेको छ।

कथाको मुख्य पात्र अभिष हो। अभिष खेलमा व्यस्त रहेको बेला उनको बुवालाई साइरन भएको गाडीमा लगिन्छ। त्यसपछि अचानक बाटोहरु सुनसान हुन्छन्, विद्यालय बन्द हुन्छन्, खेल्न र कसैलाई भेट्नसमेत रोक लगाइन्छ। अभिषले पहिला कहिल्यै नभोगेका यी कुराहरु आजकाल किन भइरहेका छन् भनेर उनी सुरुमा बुझ्न सक्दैनन्। खोज्दै जाँदा उनी भाइरसका कारण त्यो सब भएरहेको थाहा पाउँछन्। त्यसपछि उनले भाइरसबारे सोधखोज गरी धेरै कुरा थाहा पाउँदै जान्छन्।

विश्व महामारी कोरोना भाइरसले सबैतिर प्रभाव पारिरहेको बेला बालबालिकालाई यस विषयमा सचेत गराउन यस पुस्तक प्रकाशन गरेको जनाइएको छ। सहज ढंगले भाइरसबारे जानकारी गराउन, सचेतना जगाउन पुस्तक उपयोगी हुने विज्ञप्तीमा उल्लेख गरिएको छ।

यो पुस्तक मूल प्रकाशक नेप्को किड्सबाट मङ्गोलियामा पहिलोपटक  प्रकाशित  भएको हो। यस पुस्तकको नेपाली अनुवाद राजीवधर जोशीले गरेका हुन्।

यस पुस्तकको मूल्य २२५ रुपैयाँ तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell