PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

सबैसँग सहकार्य गर्दै चुनौती पन्छाउँछु : खेलकुद मन्त्री तामाङ



पहिलोपोस्ट

सबैसँग सहकार्य गर्दै चुनौती पन्छाउँछु : खेलकुद मन्त्री तामाङ

काठमाडौं : नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावाङ तामाङले खेलकुदमा रहेका चुनौतीलाई सहकार्य गर्दै पन्छाउने बताएका छन्।

आफ्नो स्वागतमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री तामाङले भने, ‘खेलकुदमा रहेका समस्या र चुनौतीलाई सरोकारवालासँग सहकार्य गर्दै पन्छाउने छु। समस्याका बारेमा चाँडै नै छलफल गर्छु।’

राखेपका उपाध्यक्ष शिव कोइरालाले मन्त्री तामाङको कार्यकालमा खेलकुद र खेलाडीको हकहितका लागि अझ धेरै काम हुने विश्वास व्यक्त गरे। खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले राम्रो कार्यविधि बनाएर काम गर्नुपर्नेमा जोड दिए।

राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुद मन्त्रालयले उपयुक्त मन्त्री पाएको धारणा व्यक्त गर्दै व्यवस्थापन, पदक, प्रदर्शन र पूर्वाधारका हिसाबले १३ औं दक्षिण एसियाली खेलकुद उत्कृष्ट रहेको जानकारी गराए।

सदस्य–सचिव सिलवालले नयाँ ऐन अनुसार कर्मचारी समायोजन गर्नु र लामो समयदेखि रोकिएको कर्मचारीको बढुवा गर्नु पर्ने आवश्यकता औल्याउदै चालू आर्थिक वर्षमा खेलकुदका लागि विनियोजित बजेट थोरै भएकाले त्यसमा वृद्धिका लागि पहल गरिदिन मन्त्री तामाङ समक्ष आग्रह गरे। सदस्य–सचिव सिलवालले कोभिड– १९ का कारण नवौं राष्ट्रिय खेलकुद सार्नु परेको बताउँदै विस्तारै नेपाली खेलकुदले गति लिन थालेको जानकारी गराए।

कार्यक्रमलगत्तै मन्त्री तामाङले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको निरीक्षण पनि गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell