PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

थप ४३० जनामा कोभिड-१९ को संक्रमण पुष्टि, ५ जनाको मृत्यु



पहिलोपोस्ट

थप ४३० जनामा कोभिड-१९ को संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौं : नेपालमा थप ४ सय ३० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा दुई लाख ६५ हजार ६ सय ९८ जनामा संक्रमण पुष्टि भइसकेको छ।

पछिल्लो २४ घण्टामा पाँच हजार ३ सय जनाको नमुना परीक्षणका क्रममा एक १ सय ७७ महिला र २ सय ५३ जना पुरुष गरी ४ सय ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसैबिच पछिल्लो २४ घण्टामा थप ५ जनाको कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको संख्या एक हजार ९ सय ३२ पुगेको छ।

हालसम्म ९७.६ प्रतिशत संक्रमित संक्रमण मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा ३ सय ९० जना संक्रमित संक्रमण मुक्त भएका छन्। यससँगै संक्रमण मुक्त हुनेको संख्या दुई लाख ५९ हजार ३ सय ५८ पुगेको छ। हाल नेपालमा चार हजार ४ सय ८ सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell