PahiloPost

Jun 15, 2026 | १ असार २०८३

नेपाली क्रिकेटर कुन्दन सिंहको निधनमा होबर्ट हुरिकेन्सको समवेदना, स्कोर्चर्ससँग ९ विकेटले पराजित



पहिलोपोस्ट

नेपाली क्रिकेटर कुन्दन सिंहको निधनमा होबर्ट हुरिकेन्सको समवेदना, स्कोर्चर्ससँग ९ विकेटले पराजित
Photo: Hobart Hurricanes BBL/Twitter

काठमाडौं : अस्ट्रेलियामा जारी बिग ब्यास लिगको टिम होबर्ट हुरिकेन्सले नेपाली क्रिकेटर कुन्दन सिंहको निधनमा समवेदना प्रकट गरेको छ। आज पर्थ स्कोर्चर्ससँगको खेल अगाडि मौनधारण गर्दै हुरिकेन्सले सिंहको निधनमा समवेदना प्रकट गरेको हो।

हुरिकेन्सले ट्विटरमा लेखेको छ, ‘हाम्रा विचारहरू यस समय कुन्दनको परिवार र प्रियजनहरूसँग छन्।’

 

यसैबीच, आजको खेलमा होबर्ट हुरिकेन्स पर्थ स्कोर्चर्ससँग पराजित भएको छ। स्कोर्चर्सले हुरिकेन्सलाई ९ विकेटले हराएको हो।

हुरिकेन्सले दिएको १४० रनको लक्ष्य स्कोर्चर्सले २२ बल बाँकी छँदै पूरा गर्‍यो। स्कोर्चर्सलाई जिताउन जेसन रोयले अविजित रहँदै सर्वाधिक ७४ रन बनाए। त्यस्तै, लियम लिभिङस्टोनले ५४ रन जोड्दा जोस इङ्लिस्ले ७ रन जोडे।

हुरिकेन्सका लागि एकमात्रै विकेट स्कट बोल्याण्डले लिए।

टस जितेर पहिले ब्याटिङ रोजेको हुरिकेन्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १३९ रन बनाएको थियो। हुरिकेन्सका लागि डिआर्ची सर्टले ५४ रन बनाउँदा टिम डेभिडले अविजित ३१ रन, कोलिन इनग्रामले १८ तथा पिटर ह्यान्सकोम्बले १३ रन जोडे।

स्कोर्चर्सका लागि आरोन हार्डीले २ तथा जे रिचर्डसन, जेसन बेरेनडोर्फ र फवाद अहमेदले ११ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell