PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

बाह्रबिसेको खेल मैदानमा देउवाले दोहोर्‍याए : संसद पुनर्स्थापना या चुनाव दुवै स्वीकार्छौं

बाह्रबिसेको खेल मैदानमा देउवाले दोहोर्‍याए : संसद पुनर्स्थापना या चुनाव दुवै स्वीकार्छौं

पहिलोपोस्ट /पहिलोपोस्ट


सिन्धुपाल्चोक : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनको कदमबारे पुरानै भनाई दोहोर्‍याएका छन्।

नेपाली काँग्रेस केन्द्रीय खेलकुद विभागले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ स्थित पालाँती अङ्गेरी पाखा खेल मैदानमा आयोजना गरेको फाइनल खेललाई सम्बोधन गर्दै देउवाले भने, 

'प्रम ओलीले संसद भंग गरी चुनावी मिति तोक्या छन्। यो असंवैधानिक कदम हो भनेर केन्द्रीय समितिले निर्णय गरिसक्यो। तर, अदालतमा विचाराधीन मुद्दामा काँग्रेस केही भन्दैन। अदालतले जे भन्यो त्यही मान्दछ।'

उनले चुनाव वा पुनर्स्थापन दुवै स्वीकार्ने समेत बताए।

'संसद पुनर्स्थापना होस् या चुनाव हामी दुवै स्वीकार्छौं। दुई वर्ष पछि त चुनाव भइहाल्छ। त्यसबेला पनि जानै पर्छ,' देउवाले भने। 

सिन्धुपाल्चोकका काँग्रेस नेता मोहन बस्नेतले खेलकुदको क्षेत्रलाई सरकारले राम्रोसँग हेर्न नसकेको बताए। काँग्रेस वा अरु सरकारले पनि वास्ता नगरेको स्वीकार्दै उनले आफूहरुले अब त्यसमा काम गरिरहेको बताए। 

खिया लाग्न थालिसक्यो खेलाडीमा भनेर प्रतियोगिता शुरु गरेको बताउँदै उनले पारिवारिक प्रयासमा यो सबै सम्भव भएको सुनाए। पहिलो गेम काँग्रेस सभापतिको उपस्थितिमा भएको हो। प्रतियोगितामा सुनकोसीले मेलम्चीलाई १-० ले हराउँदै उपाधि हात  पारेको छ। विजेता टिमले १ लाख ११ हजार १ सय११ रुपैयाँ सहित ट्रफी जितेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell