PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

बारामा सेनाको नि:शुल्क स्वास्थ्य शिविर, औषधि पनि वितरण



पहिलोपोस्ट

बारामा सेनाको नि:शुल्क स्वास्थ्य शिविर, औषधि पनि वितरण

काठमाडौं: नेपाली सेनाले बारामा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।

श्री नम्बर २८ बाहिनी अड्डा र फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा नेपाल औषधि उत्पादक संघ, प्रदेश २ सामाजिक विकास मन्त्रालय, सैनिक अस्पताल पोखराको सहयोग र चन्दननाथ गणको संयोजकत्वमा सोमवार करैयामाई गाउपालिका ७ स्थित जनता माविको प्राङ्गणमा एकदिने स्वास्थ्य शिविरको आयोजना गरिएको हो।

नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले नि:शुल्क जनरल ओपिडी तथा डेन्टल स्वास्थ्य शिविर सञ्चालन गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

स्वास्थ्य शिविरमा कोभिड-१९ का कारण स्वास्थ्य सेवाबाट बञ्चित र दुर्गम स्थानमा रहेका बिरामीहरुलाई नि:शुल्क औषधि वितरण तथा स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो।

जंगी अड्डाका अनुसार शिविरबाट १९५ महिला, १३१ पुरुष र ७६ बालबालिका गरी ४१० जना लाभान्वित भएका छन्।

सेना र आम नागरिक बीचको सम्बन्धलाई थप प्रगाढ बनाउन यस किसिमको स्वास्थ्य उपचार सेवाले महत्वपूर्ण भूमिका खेल्ने सेनाको विश्वास छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell