PahiloPost

Jun 15, 2026 | १ असार २०८३

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड : ‘पिपुल्स च्वाइस अवार्ड’ अरूणा शाहीलाई



पहिलोपोस्ट

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड : ‘पिपुल्स च्वाइस अवार्ड’ अरूणा शाहीलाई
फोटो : एनएसजेएफ।

काठमाडौं : एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत ‘पिपुल्स च्वाइस अवार्ड’को उपाधि भलिबल टिमकी कप्तान अरूणा शाहीले जितेकी छन्। आज सेमीभर्चुअल माध्यमबाट सम्पन्न अवार्ड कार्यक्रममार्फत उनले अवार्ड जितेको घोषणा गरिएको हो।

पिपुल्स च्वाइस अवार्डमा यसपटक मनोनयनमा पर्ने पाँच खेलाडीमा पौडीकी गौरिका सिंह, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदीना श्रेष्ठ र करातेका मण्डेकाजी श्रेष्ठ रहेका थिए।

मनोनयनमा परेका खेलाडीमा ई-सेवामार्फत भोटिङ, फेसबुक लाइक, आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा पिपुल्स च्वाइस विधाको विजेता छनोट गरिएको थियो।

अरुणा शाहीको कप्तानीमा रहेको नेपाली भलिबल टोलीले गएको वर्ष बंगलादेशमा एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि जितेको थियो भने सागमा उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जितेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell