PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

प्रज्ञाको डबलीमा धिमेसँगै फ्ल्यास मब, ‘उखान टुक्काको गल्फती, देश होइन तिम्रो सम्पत्ति’

प्रज्ञाको डबलीमा धिमेसँगै फ्ल्यास मब, ‘उखान टुक्काको गल्फती, देश होइन तिम्रो सम्पत्ति’

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानको डबली। प्रतिनिधिसभा विघटनविरुद्ध बृहत् नागरिक आन्दोलन अन्तर्गत डबलीमा ‘प्रतिगमन’ विरुद्ध पेन्टिङ हुँदैछ। डबलीमा बनाइएका सिँढीमा मानिसहरु बसिरहेका छन्। धिमे बजिरहेको छ, यसबीच रातो टिसर्ट लगाएर बसिरहेका युवतीहरु उठ्छन्। हातमा रहेको रातो मास्क लगाउँछन्। मास्कमा लेखिएको छ, ‘असंवैधानिक’।

हातमा प्लेकर्ड छ। लेखिएका छन्, ‘प्रतिगमन’ विरुद्ध नाराहरु।

धिमेको आवाज बन्द हुन्छ। यवुतीहरु बोल्न थाल्छन्, ‘ओइ सरकार सुन सुन सुन, कान खोलेर सुन…’

धिमेको धुन फेरि सुनिन्छ। युवतीहरु प्रतिनिधिसभा विघटन विरुद्ध नारा लगाउँदै प्रदर्शनलाई निरन्तरता दिन्छन्।

सरकारले न्यायको हत्या गरेको भन्दै उनीहरुले सरकारले जनताको आवाज सुन्नु पर्ने माग गरे। उनीहरुले केपी शर्मा ओली नेतृत्वको सरकार अनुशासनहिन भएको भन्दै ‘उखान टुक्काको गल्फती, देश होइन तिम्रो सम्पत्ति’,'संसंद विघटन रातारात्, देश डुबाउन तिम्रो हात' भन्दै  सरकारविरुद्ध नारा लगाए। 

प्रतिनिधिसभा विघटन गरेर ओलीले देश डुबाउन लागेको भन्दै उनीहरुले सरकारले जनताको आवाज नै नसुनेको बताए।

यस्तै, ‘ओलीको बोलीले पोलेको, सर्वोच्च खै बोलेको?’ लगायतका नारा लगाउँदै उनीहरुले न्यायालयले प्रतिनिधिसभा विघटन रोक्नुपर्ने माग राखे।

प्रोलिटिकल लिट्रेसी अफ वमेनले बृहत् नागरिक आन्दोलनको समर्थनमा आज डबलीमा फ्ल्यास मब प्रदर्शन गरेको हो।

त्यसपछि शिल्पी थिएटरका कलाकारले घिमिरे युवराजको संयोजनमा कवितालाई अभिनय मार्फत प्रस्तुत गरेका थियो। ओली संविधान अनुसार न चल्दा उनी नै पतन हुने सारांश थियो कविताको।



ट्रेन्डिङ पोस्ट

Ncell