PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड : मन्डेकाजी, गौरिका र सुवासलाई ‘प्लेयर अफ द इयर’ अवार्ड, उत्कृष्ट टिम महिला भलिबल



पहिलोपोस्ट

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड : मन्डेकाजी, गौरिका र सुवासलाई ‘प्लेयर अफ द इयर’ अवार्ड, उत्कृष्ट टिम महिला भलिबल
फोटोहरु : एनएसजेएफ।

काठमाडौं : एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत यसवर्षको ‘प्लेयर अफ द इयर’ (पुरुषतर्फ)को अवार्ड करातेका मन्डेकाजी श्रेष्ठले हात पारेका छन्। वर्षका पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेकोमा वर्षका पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ परेका थिए।

त्यस्तै, यसवर्षको ‘प्लेयर अफ द इयर’ (महिलातर्फ)को अवार्ड पौडीकी गौरिका सिंहले जितेकी छिन्। वर्षका महिला खेलाडीतर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका थिए।

‘टिम अफ द इयर’को अवार्ड महिला भलिबल टिमले पाएको छ। आज सेमीभर्चुअल माध्यमबाट सम्पन्न अवार्ड कार्यक्रममार्फत अवार्ड वितरण गरिएको हो।

अरुणा शाहीको कप्तानीमा रहेको नेपाली महिला भलिबल टोलीले गएको वर्ष बंगलादेशमा एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि जितेको थियो भने सागमा उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जितेको थियो। अवार्ड पाएपछि कप्तान शाहीले निकै खुसी भएको सनाइन्। शाहीले ‘पिपुल्स च्वाइस अवार्ड’को उपाधि जितेकी छन्।

त्यस्तै, ‘प्लेयर अफ द इयर’ (युथतर्फ) अवार्ड गल्फका सुवास तामाङले हात पारेका छन्। वर्षका युवा खेलाडीतर्फ भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बु मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ मनोनयनमा परेका थिए।

यसैगरी, कोच अफ द इयरको अवार्ड तेक्वान्दोका नवीनकुमार श्रेष्ठले पाएका छन्। जसको मनोनयनमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की परेका थिए।

यस्तै, पारा एथ्लिट अफ द इयरको अवार्ड दिगमसिंह चेम्जोङले पाएका छन् भने एथलेटिक्सकी सन्तोसी श्रेष्ठ र तेक्वान्दोकी आयाशा शाक्यले स्पेशल अवार्ड हात पारेका छन्।

यसैगरी, लाइफ टाइम अचिभमेन्ट अवार्ड गीता क्षेत्री र सिजरिन शाहले पाएका छन्। मलेशियाकी अहमद खवारी इसाले एसियन जर्नालिस्ट अफ द इयरको अवार्ड जितेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell