PahiloPost

Jun 30, 2024 | १७ असार २०८१

एट्लेटिको मड्रिडले सेभियालाई हरायो, शीर्ष स्थानमा ४ अंकको अग्रता



पहिलोपोस्ट

एट्लेटिको मड्रिडले सेभियालाई हरायो, शीर्ष स्थानमा ४ अंकको अग्रता

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एट्लेटिको मड्रिडले सेभियालाई पराजित गरेको छ। स्टेडियो वान्ड मेट्रोपोलिटानोमा भएको खेलमा घरेलु टोली मड्रिडले सेभियालाई २-० ले हराएको हो।

खेलमा एट्लेटिकोलाई एञ्जेल कोरेआले अग्रता दिलाएका थिए। उनले खेलको १७ औं मिनेटमै किइरन ट्रिपरको पासमा गोल गरेका थिए। पहिलो हाफमा घरेलु टोली एक गोलले अगाडि रह्यो।

दोस्रो हाफमा एट्लेटिकोका सउल निगुएजले गोल थपे। उनले खेलको ७६ औं मिनेटमा मार्कोस लोरेन्टेको पासमा गोलगर्दा एट्लिटिकोले २-० को सहज जित निकाल्न सफल भयो।

जितसँगै एट्लेटिको शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ। १६ खेलबाट एट्लेटिकोले ४१ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको रियल मड्रिडले १८ खेलबाट ३७ अंक जोडेको छ। त्यस्तै तेस्रो स्थानमा रहेको बार्सिलोनाको ३४ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell