काठमाडौं : भोलि माघे संक्रान्ति। सबै जातजातिका आ आफ्नै पर्वको दिन। घ्यू चाकु र तरुल माघे संक्रान्तिसँगै जोडिएर आउने गर्छ। त्यसैले बजारमा तरुलको माग पनि उत्तिकै धेरै छ अहिले। त्यही मागले बजारमा भिड पनि बढाएको छ।
चाकु र तरुल किन्नेहरुको भिड सबैतिर देखिन्छ। तिलको लड्डु पनि उत्तिकै बिक्छ यतिखेर। कालीमाटी तरकारी बजारमा पनि तरुल लिन आउनेहरुको भिड छ अहिले।
