PahiloPost

Jan 28, 2021 | १५ माघ २०७७

प्रतिनिधिसभा विघटनको मुद्दा : न्यायाधीश हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ल



पहिलोपोस्ट

प्रतिनिधिसभा विघटनको मुद्दा : न्यायाधीश हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनमाथि परेको मुद्दाको सुनुवाईबाट न्यायाधीश हरिकृष्ण कार्की अलग भएपछि रिक्त स्थानमा न्यायाधीश सपनाप्रधान मल्ल रहने भएकी छिन्। प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको संवैधानिक इजलाशमा आजबाट मुद्दाको सुनुवाई हुँदैछ। 

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि उक्त कदम असंवैधानिक भन्दै परेको दर्जन रिटमाथि अदालतमा सुनुवाई हुँदैछ।

न्यायाधीश कार्कीमाथि निवेदकहरुले प्रश्न उठाउँदै कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुने दावी गरेपछि उनले मुद्दाबाट आफू अलग रहने निर्णय गरेका थिए। पुस २२ गते कार्कीले मुद्दा हेर्ने कि नहेर्ने भन्नेमा बहस भएको थियो। उनले मुद्दाबाट आफूलाई अलग्याएपछि आजका लागि सुनुवाईको मिति तय भएको थियो।

आज सुनुवाईमा संलग्न न्यायाधीश सपना प्रधान मल्ल तत्कालीन नेकपा एमालेबाट संविधानसभा सदस्य थिइन्। महिला अधिकारको क्षेत्रमा लामो समयदेखि उनको संलग्नता रहँदै आएको छ।

इजलाशका अन्य न्यायाधीशहरु भने यथावत रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell