PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोरोनाबिच फिल्म क्षेत्र चलायमान बनाउन शिव श्रेष्ठको पहल, रिलिज हुँदै 'एउटा यस्तो प्रेम कहानी'



पहिलोपोस्ट

कोरोनाबिच फिल्म क्षेत्र चलायमान बनाउन शिव श्रेष्ठको पहल, रिलिज हुँदै 'एउटा यस्तो प्रेम कहानी'

काठमाडौं : १० महिनापछि नयाँ फिल्म 'फ्राइडे रिलिज' हुँदैछ। आउँदो माघ १ गतेदेखि फिल्म 'एउटा यस्तो प्रेम कहानी' सार्वजनिक हुन लागेको हो। कोरोना संक्रमणको जोखिम बढे लगत्तै ठप्प थियो फिल्म क्षेत्र। दुई साता अघि हल सञ्चालकहरूले सरकारको अनुमति बिना हल सञ्चालनमा ल्याए। त्यसको ठीक एक साता पछि सीसीएमसीले हल खोल्न सिफारिस गर्‍यो।

पहिले नै रिलिज गरिएका 'आमा' र 'सेन्टिभाइरस'ले दर्शक तान्न सकेको थिएन। हल सञ्चालकले नयाँ फिल्म प्रदर्शनसँगै दर्शक हलसम्म आउन प्रेरित हुने अनुमान गरेका थिए। यसैबिच अभिनेता शिव श्रेष्ठले आफू निर्मित फिल्म प्रदर्शनमा ल्याउन लागेका हुन्। श्रेष्ठले आफ्नो फिल्मले ठप्प भएको सिने क्षेत्र चलायमान हुने बताएका छन्‍।

न्यूज एजेन्सी नेपालसँग भनेका छन्,'कोभिडको समयमा सबैले आफ्नो क्षेत्रबाट काम सुरु गर्नुपर्ने आवश्यकता देखेर हामी अगाडि आएका हौं। सुरुमा दर्शक आउँदैनन् कि भन्ने डर हाम्रो टीममा पनि थियो। तर यो सिनेमाको प्रदर्शनले धेरै क्षेत्रको ढोका खोल्छ भन्ने लाग्यो।'

उनले लकडाउन प्रभावित बजारमा आफ्नो फिल्म प्रदर्शनको निर्णयलाई 'हिम्मत'को संज्ञा दिए। व्यवसायिक जोखिमका बावजुद आफ्नो फिल्म सर्वजनिक गर्नुलाई कर्तव्य भएको बताए। यस समयमा आफ्नो फिल्म नितान्त दर्शकका लागि ल्याएको तर्क राखे। आफूले यस क्षेत्रमा ४० वर्षदेखि निरन्तर पाएकाले दर्शकप्रति जिम्मेवारी भएको बताए। 'कोरोनाका कारण घरमा थुनिएका दर्शकका लागि फिल्म प्रदर्शनमा ल्याउन लागेका हौं', उनले भने।

फिल्मका शिवका छोरा शक्ति श्रेष्ठ र करिष्मा मानन्धरकी छोरी कविता मानन्धरले अभिनय गरेका छन्।  

सिनेमाको प्रदर्शनसँगै बन्द भएका कामहरु सञ्चालनमा ल्याउने बाटो खुल्ने उनको विचार हो। 'अब केहि गर्नुपर्छ चुप लागेर बस्नु हुन्न भन्ने सन्देश प्रवाह गर्छ। साथै सिने क्षेत्रका प्राविधिक कलाकारहरुले काम पाउने वातावरण बन्छ। हामीले प्राविधिक तथा कलाकारहरुलाई काम पनि दिनु छ।'

उनले आफ्नो सिनेमा प्रदर्शनबाट उठेको केही रकम प्राविधिकहरूलाई सहयोग गर्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell