PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दश महिनापछि खुल्दै देशभरका नाटकघरहरू, कता छन् कस्ता कार्यक्रम?



पहिलोपोस्ट

दश महिनापछि खुल्दै देशभरका नाटकघरहरू, कता छन् कस्ता कार्यक्रम?

काठमाडौं : आउँदो माघ १ गतेबाट नेपालका अधिकांश नाटकघर खुल्ने भएका छन्। नाटकघरहरूको साझा संगठन थिएटर हबले विज्ञप्ती जारी गर्दै खबर पुष्टि गरेको हो।

कोभिड-१९ महामारी र संक्रमण नियन्त्रणका लागि भएको लकडाउनको प्रभाव रङ्गमञ्चमा पनि परेको छ। उद्योग, व्यापवार तथा व्यवसायसँगै कला र मनोरञ्जनको माध्यम रङ्गमञ्च शिथिल रह्यो।

नाटकघरहरू बन्द भए। नाट्य मञ्चनहरू रोकिए। रङ्गकर्मीहरु आर्थिक र मानसिक रुपमा संकटमा परे। यस क्षेत्र ठप्प रहेको करिव १० महिनापछि भने नाटकघरहरू खुल्न लागेका हुन्।

नाटकघर संचालन गर्दा दर्शकहरुबीच भौतिक दुरी राखिने, मास्क अनिवार्य र स्यानिटाइजर उवलब्ध गराउने बताइएको छ। त्यस्तै मञ्चन हुने कुनै पनि नाट्य प्रस्तुतिहरू एक घण्टाभन्दा लामो नहुने जनाइएको छ।

यस्ता छन् नाटकघर र तोकिएका कार्यक्रम :

माघ १ गते विहीवार शिल्पी थिएटरमा नाटक '६ पात्रको एकालाप' शिल्पी थिएटरमा। नाटक दिउसो ४ बझे सुरु हुनेछ।

त्यस्तै माघ २ गते साँझ ५ बजे कौसी थिएटरमा 'हराउँदै भेटाउँदै' शीर्षकमा प्लेब्याक थिएटर हुनेछ।

विराटनगरको झोराहट थिएटरमा माघ ४ बिहान ८ बजे गते नाटक 'कोरोना टाइम्स' मञ्चन हुनेछ। त्यस्तै विराटनगरकै आरोहण गुरुकुलमा माघ ५ गते दिउसो ३ बजे नयाँ नाटकको नमूना मञ्चन र छलफल हुने जनाइएको छ।

माघ ६ गते पोखरा थिएटरले नाटक महोत्सव घोषणा गर्दैछ।

माघ ७ गते दिउसो ३ बजे मण्डला थिएटरमा 'कोरोना अघि र पछिको रङ्गमञ्च र अबको बाटो' शीर्षकमा संवाद हुने जनाइएको छ। माघ ८ गते शैली थिएटरमा 'शैली संवाद' शीर्षकमा दिउसो १ बजे छलफल हुनेछ।

माघ ९ गते थिएटर मल कीर्तिपुरमा 'पोयट्री पटरी' नाम दिइएको कार्यक्रममा रङ्गकर्मीहरूले कविता सुनाउँनेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell