PahiloPost

Jun 18, 2026 | ४ असार २०८३

कानुनका विद्यार्थीले भने, 'प्रधानमन्त्रीज्यू संविधान पढ्न नेपाल ल क्याम्पस आउनुहोस्'

कानुनका विद्यार्थीले भने, 'प्रधानमन्त्रीज्यू संविधान पढ्न नेपाल ल क्याम्पस आउनुहोस्'

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : सरकारले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै कानुनका विद्यार्थीहरुले संविधान पढ्दै विरोध प्रदर्शन गरेका छन्।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन, नेपाल ल क्याम्पस कमिटीको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुले संविधानमा प्रतिनिधिसभा विघटन गर्न अनुमति दिने धारा खोजेका थिए।

क्याम्पस परिसर बाहिर भेला भएर विद्यार्थीहरुले संविधान वाचन समेत गरेका थिए। उपस्थित विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा विघटन गर्न उल्लेख गरिएका धारा देखाउन चुनौति समेत दिए। उनीहरुले प्रधानमन्त्रीलाई संविधान पढ्न क्याम्पस आउन भन्दै नारा समेत लगाएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell