PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

पीएचसीए खुला सूर्योदय बास्केटबल भोलिदेखि



पहिलोपोस्ट

पीएचसीए खुला सूर्योदय बास्केटबल भोलिदेखि

काठमाडौं: सूर्योदय एजुकेसन फाउन्डेसनको आयोजनामा प्रथम पीएचसीए खुला एसईई थ्री अन थ्री बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ।

प्रतियोगितामा ब्वाइजमा ३२ र गर्ल्समा १६ गरी जम्मा ४८ टिमको सहभागिता रहने आयोजक फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। दुवै समूहमा नगद पुरस्कार राखिएको छ। ब्वाइजमा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। गर्ल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगद पुरस्कार जित्ने छन्। ब्वाइज/गर्ल्स दुवैमा ‘मोस्ट भ्यालुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्ताको पुरस्कार राशी भने समान रहेको छ। सोको विजेताले जनही २ हजार नगद पुरस्कार पाउने छन्।

कोभिड– १९ को अवस्थामा विद्यार्थीलाई मानसिक तनावबाट मुक्त गराउन स्वास्थ्य मापडण्ड अपनाएर प्रतियोगिता सञ्चालन गर्न लागिएको अध्यक्ष केसीले बताए। प्रतियोगिता सञ्चालन गर्न मैतीदेवी प्रहरी प्रभाग र वडा कार्यालयको स्वीकृति लिएको सूर्योदयका इसीए को–ओर्डिनेटर राजेन्द्र कपालीले जानकारी गराए। प्रतियोगितामा एसईई दिएका र दिने तयारीमा रहेका विद्यार्थीले सहभागिता जनाउने छन्।

लिग कम नकआउट आधारमा तीनदिनसम्म चल्ने प्रतियोगिताका खेलहरु घट्टेकुलोस्थित आयोजकको आफ्नै कोर्टमा हुने छ। प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell