PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

पूर्वी तराईका आदिवासी समुदायले मनाए राष्ट्रिय भक्का दिवस



रासस

पूर्वी तराईका आदिवासी समुदायले मनाए राष्ट्रिय भक्का दिवस
फोटो : रासस।

सुरुङ्गा : पूर्वी तराईमा बसोवास गर्ने आदिवासी समुदायले आज राष्ट्रिय भक्का दिवस मनाएका छन्। जिल्लाका १५ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा झापाको बिर्तामोडमा राष्ट्रिय भक्का दिवस मनाइएको हो। कोचिला गाभुर फ्रन्टको आयोजनामा बिर्तामोडस्थित सिटी सेन्टरको प्राङ्गणमा चौथो राष्ट्रिय भक्का दिवस मनाइएको हो।

फ्रन्टले कोच लोक सांस्कृतिकसहित हरेक वर्ष पुस २९ गतेलाई राष्ट्रिय भक्का दिवस मनाउने गरेको कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले बताए। विसं २०७४ देखि प्रत्येक वर्ष पुस २९ गतेलाई ‘राष्ट्रिय भक्का दिवस’ घोषणा गरी कोच लोक सांस्कृतिक कार्यक्रमसहित झापाभर ‘राष्ट्रिय भक्का दिवस’ मनाउने गरिन्छ।

कोच राजवंशी समुदायमा मात्र सीमित रहेको भक्का खाने चलन पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिबीच लोकप्रिय बनेपछि भक्काको प्रवर्द्धन गर्न फ्रन्ट अग्रसर बनेको हो। दिवसमा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनासहित जिल्लाका विशिष्ट व्यक्तिको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell