PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रतिनिधिसभा विघटन र सुधीर चौधरीविरुद्ध नेविसंघ र अनेरास्ववियुको संयुक्त मसाल जुलुस

प्रतिनिधिसभा विघटन र सुधीर चौधरीविरुद्ध नेविसंघ र अनेरास्ववियुको संयुक्त मसाल जुलुस

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपाको प्रचण्ड-नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले संयुक्त रुपमा मसाल जुलुस निकालेका छन्।

नेविसंघ र अनेरास्ववियुले संयुक्त रुपमा आज पाटन क्याम्पस अगाडि प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध मसाल जुलुस निकालेको हो। उनीहरुले भारतीय पत्रकार सुधीर चौधरीको विषयमा पनि विरोध गरेका थिए।

उनीहरुले सरकारविरुद्ध नारा लगाउँदै मसाल जुलुस प्रदर्शन गरेका थिए। सो क्रममा प्रधानमन्त्री ओलीलाई व्यंग्य गर्दै कार्टुन समेत प्रदर्शन गरिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell