PahiloPost

Jan 28, 2021 | १५ माघ २०७७

स्रोत नखुलेको नौ लाख रुपैयाँभन्दा बढी रकमसहित दुई युवक पक्राउ



रासस

स्रोत नखुलेको नौ लाख रुपैयाँभन्दा बढी रकमसहित दुई युवक पक्राउ

लहान : स्रोत नखुलेको नौ लाख रुपैयाँभन्दा बढी रकमसहित प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका-१ कचनारीबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बरियारपट्टि गाउँपालिका-२ खोक्सी निवासी ४० वर्षीय मोहमद सगीर मियाँ र २४ वर्षीय मेहदी मन्सुर रहेको प्रहरीले जनाएको छ।

भारतबाट नेपालतर्फ आउँदै गरेको स ८ प ९६१४ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा स्रोत नखुलेको नेपाली नौ लाख ३९ हजार ९१५ रुपैयाँसहित दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दिए। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय महेशपुरपतारीमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell