PahiloPost

May 16, 2026 | २ जेठ २०८३

बार्सिलोना स्पेनिस सुपरकपको फाइनलमा



पहिलोपोस्ट

बार्सिलोना स्पेनिस सुपरकपको फाइनलमा

स्पेनिस सुपर कप अन्तर्गत गएराति भएको खेलमा रियल सोसिडाडलाई हराउँदै बार्सिलोना फाइनल प्रवेश गरेको छ। गएराति भएको सेमिफाइनल खेलमा रियल सोसिडाडलाई पेनाल्टीमा हराउँदै बार्सिलोना फाइनल प्रवेश गरेको हो।

खेलमा बार्सिलोनाले फ्रेन्की डि जोङको गोलमा  खेलको ३९ मिनेटमा अग्रता बनाएको थियो। पहिलो हाफमा बार्सिलोना १ गोलले अघि रह्यो। दोस्रो हाफमा सोसिडाडले पेनाल्टीको अवसर पायो। उक्त अवसरलाई सदुपयोग गर्दै ५१ औं मिनेटमा सोसिडाडका मिकेल ओयारजबालले गोल गर्दै खेल बराबरीमा पुर्‍याए। अतिरिक्त समयमा पनि खेल १-१ को बराबरीमै रोकिएपछि खेल पेनाल्टीमा पुगेको थियो। जहाँ बार्सिलोनाले ३-२ ले जित निकाल्दै फाइनलको यात्रा तय गर्‍यो।

बार्सिलोनाले अब दोस्रो सेमिफाइनलको विजेतासँग फाइनलमा उपाधिका लागि भिड्नेछ। दोस्रो सेमिफाइनलमा रियल मड्रिड र एथ्लेटिक बिल्बाओ भोलि प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell