PahiloPost

May 16, 2026 | २ जेठ २०८३

बेल्जियमका लागि राजदूत राजभण्डारीले बुझाए त्यहाँका राजासमक्ष ओहोदाको प्रमाणपत्र



पहिलोपोस्ट

बेल्जियमका लागि राजदूत राजभण्डारीले बुझाए त्यहाँका राजासमक्ष ओहोदाको प्रमाणपत्र

काठमाडौं : बेल्जियमका लागि नवनियुक्त नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले त्यहाँका राजासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

बुधबार बस्रेल्सस्थित राजदरबारमा आयोजित विशेष समारोहमा त्यहाँका राजा फिलिपे लियोपोल्ड लुइस मारिय समक्ष राजदूत राजभण्डारीले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

कार्यक्रममा त्यहाँका राजा फिलिपेले बेल्जियमका लागि राजदूत नियुक्त भएकोमा राजभण्डारीलाई बधाई दिएका  थिए।

सन् १९९२ मा ब्रसेल्समा नेपालको आवासीय दूतावास स्थापनापछि सातौँ राजदूतको रुपमा राजभण्डारी त्यहाँ पुगेका हुन्। परराष्ट्र मन्त्रालयमा शिष्टाचार महाशाखामा काम गरेका उनलाई मन्त्रिपरिषदले भदौमा बेल्जियकका लागि नयाँ राजदूतको रुपमा सिफारिस गर्ने निर्णय गरेको थियो। कार्यक्रममा राजदूत भण्डारीले त्यहाँका राजा फिलिपेलाई राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट शुभकामान सन्देश व्यक्त गरेका थिए।

ओहोदाको प्रमाणपत्र पेस गरेसँगै राजदूत भण्डारीले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउनका लागि काम गर्ने प्रतिवद्धता जनाएको ब्रसेल्सस्थित नेपाली दूतावासले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell