PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भारतीय बक्स अफिसमा 'सुनामी' : कोरोनाकालमा फिल्म ‘मास्टर’ले पहिलो दिनमै कमायो ४० करोड



पहिलोपोस्ट

भारतीय बक्स अफिसमा 'सुनामी' : कोरोनाकालमा फिल्म ‘मास्टर’ले पहिलो दिनमै कमायो ४० करोड

दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टारहरू थलापति विजय र विजय सेतुपति स्टारर एक्सन थ्रीलर फिल्म 'मास्टर'ले बक्स अफिसमा अनपेक्षित सुरुवात गरेको छ। फिल्मले पहिलो दिनमै ४० करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यो वर्ल्डवाइड कमाई हो।

यससँगै फिल्म विश्लेषकहरुले कोरोना भाइरस संक्रमण महामारीले झण्डै एक वर्षदेखि बन्द सिनेमा हलमा प्रदर्शन भएको फिल्मले आशाको किरण देखाएको टिप्पणी गरेका छन्।

कोरोना कालमा पूरै भारतमा यो पहिलो फिल्म हो जसलाई बम्पर ओपनिङ मिलेको छ। लोकेश कनागराजको निर्देशनमा बनेको फिल्म बुधवार तमिल, तेलुगु र कन्नडमा रिलिज भएको थियो। यसको हिन्दी भर्जन विहीवार सिनेमाघरमा प्रदर्शनमा आएको छ।

फिल्म मास्टरले तमिलनाडुमा मात्रै २३ करोड रुपैयाँभन्दा बढी कमाएको छ। केरल र कर्नाटकमा ३/३ करोड रुपैयाँ भन्दा बढीको कारोवार गरेको छ।

तेलंगाना र आन्ध्र प्रदेश क्षेत्रमा 'मास्टर' को कमाई ४.५ करोड भन्दा बढी रह्यो। देशका अन्य भागमा लगभग १.५ करोड रुपैयाँ भन्दा बढीको कारोवार भएको बताइएको छ। ओवरसीज मार्केटबाट फिल्मले ४ करोड रुपैयाँ बढी कलेक्सन गरेको छ।

फिल्मको अनपेक्षित सुरुवातसँगै बलिउड ट्रेड एनालिस्ट तरुण आदर्शले मास्टरले बक्स अफिसमा सुनामी ल्याएको टिप्पणी गरेका छन्।

कोलकाताका ट्रेड एनालिस्ट सुमित कडेलले मास्टरले इतिहास रचेको उल्लेख गरेका छन्।

फिल्ममा विजय र विजय सेतुपतिका अलावा मालविका मोहनन, शांतनु भाग्यराज, अर्जुन दास र नसीरको पनि महत्वपूर्ण भूमिका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell