PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

छोरा इण्डस्ट्रीकै महंगो अभिनेता, बुवा बस ड्राइभर



पहिलोपोस्ट

छोरा इण्डस्ट्रीकै महंगो अभिनेता, बुवा बस ड्राइभर

दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार यशको आगामी फिल्म केजीएफ च्याप्टर २ को टिजरको लोकप्रियता बढ्दो छ। साथ साथै यशको पनि। फिल्म केजीएफबाट सुरु गरेर सफलताको सिँढी चढिरहेका यशको पारिवारिक पृष्ठभूमिबारे भारतीय मिडियाहरुले खोजी गरेका छन्।

उनी मध्यवर्गीय परिवारको सदस्य भएको र कर्नाटको हासन जिल्लाबाट प्रतिनिधित्व गर्ने खुलेको छ। उनको वास्तविक नाम नवीन कुमार गौडा हो। उनका पिता कर्नाटक स्टेट ट्रान्सपोर्ट बस सर्विसमा बस ड्राइभर हुन्।

मैसुरबाट पढाई पूरा गरेर यश आफ्नो कलाकार बन्ने सपना पूरा गर्नका लागि बेंगलुरु आएका थिए। यहाँको लोकप्रिय बिनाका थियटरमा भर्ना भए। यशका अनुसार उनका पिता आज पनि बस चलाउँछन्।

फिल्म निर्देशक एसएस राजामौलीले पनि यशका पिता ड्राइभर भएको सुन्दा आफू अचम्मित भएको बताएका थिए। आफ्ना लागि यशभन्दा उनका पिता ठूलो स्टार भएको राजामौलीको भनाई थियो।

पछिल्लो एक दशकमा यश कन्नड फिल्म उद्योगमा महंगो अभिनेता बनेका छन्। कन्नड सिनेमाको सबैभन्दा महंगो फिल्ममध्येको एक केजीएफको सफलतापछि यशले प्रत्येक फिल्मबाट १५ करोड रुपैयाँ पारिश्रमिक लिन्छन्। उनी पहिलो कन्नड कलाकार हुन जसको फिल्म केजीएफले २ सय करोडको कारोवार पार गर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell