PahiloPost

Jun 15, 2026 | १ असार २०८३

कालो मास्क र लुगा लगाएर माइतीघरमा नेविसंघ, ‘खोक्रो राष्ट्रवाद बन्द गर, असंवैधानिक कदम खारेज गर’

कालो मास्क र लुगा लगाएर माइतीघरमा नेविसंघ, ‘खोक्रो राष्ट्रवाद बन्द गर, असंवैधानिक कदम खारेज गर’

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: नेपाल विद्यार्थी संघले सरकारको विरोधमा कालो मास्क र कालो लुगा लगाएर प्रदर्शन गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन कदमको विरोधमा नेविसंघका कार्यकर्ताले विहीवार दिउँसो माइतीघर मण्डलामा फरक शैलीमा प्रदर्शन गरेका हुन्।

उनीहरुले मुखमा कालो मास्क, निधारमा कालो फिता र त्यसमा नारा लेखेर प्रदर्शन गरेका थिए। त्यसैगरी युवाहरुले शरीरमा नारा लेखिएको कालो परिहन पनि झुण्ड्याएका थिए। प्ले कार्ड पनि बोकेका थिए।

युवा विद्यार्थीले ‘केपी ओली मुर्दावाद, खोक्रो राष्ट्रवाद बन्द गर, असंवैधानिक कदम खारेज गर, विद्यार्थीको एउटै स्वर सरकार भित्र चोरैचोर’ जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell