PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

आफू निकट नेतालाई बालुवाटार बोलाएर ओलीले सोधे: 'अदालत र निर्वाचन आयोगमा के भइरहेको छ?'



प्रकाश भण्डारी

आफू निकट नेतालाई बालुवाटार बोलाएर ओलीले सोधे: 'अदालत र निर्वाचन आयोगमा के भइरहेको छ?'

काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका नेतालाई बालुवाटार बोलाएर अबको रणनीति तय गर्न छलफल गरेका छन्।

स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, महासचिव तथा अर्थ मन्त्री विष्णु पौडेल लगायतका नेतालाई ओलीले बालुवाटार बोलाएका थिए। भेटमा निर्वाचन आयोगले के कसरी काम गरिरहेको छ भन्ने विषयमा ओलीले चासो राखेको भेटमा सहभागी एक नेताले बताए।

संसद बिघटनमा अदालतमा बिचाराधिन मुद्दाका बिषयमा समेत ओलीले चासो राखेका छन्। देशभर पार्टीको अबस्थाका बारेमा समेत ओलीले चासो राखेका हुन्। 'पार्टीको अवस्था, अदालतको विषय लगायतमा कसरी काम भइरहेको छ भनेर उहाँले भन्नुभयो,' ती नेताले भने।

नेकपाकै अर्को समूह प्रचण्ड-माधवको आन्दोलनका बारेमा समेत बालुवाटारमा छलफल भएको थियो। कांग्रेस सभापति देउवासँग नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले बुधवार गरेको भेटबारे भने छलफल नभएको ती नेताको दावी छ। 'उहाँहरु क-कसलाई भेटनहुन्छ त्यसबारे हामीलाई चासो भएन,' उनले भने।

उक्त भेटमा प्रचण्ड-माधवको आन्दोनका बीच कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे छलफल भएको थियो। निर्वाचनको मिति तोकिसकेकाले निर्वाचनका गतिविधिलाई तीब्रता दिनुपर्ने ओली समूहका नेताहरुले प्रधानमन्त्रीलाई सल्लाह दिएका थिए।

पार्टी विभाजनको कानूनी मान्यताका लागि लडाइँमा रहेका नेकपाका दुबै समूहले निर्वाचन आयोगलाई आफ्नो पक्षमा निर्णय गर्न अनुरोध गरिरहेका छन्। निर्वाचन आयोगले दुबै समूहलाई पठाएको पत्रको जवाफ हिजो मात्रै दुबै समूहले फेरि आयोगलाई दिएका छन्।

मंगलवार प्रचण्ड-माधव समूहका नेताले भेटेर निर्वाचन आयोगलाई निर्वाचनको गतिविधि रोक्न अनुरोध गरेका थिए भने ओली समूहका नेताले बुधवार निर्वाचनका गतिविधि नरोक्न अनुरोध गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell