PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राजधानीको बन्द कोठाभित्र खुम्चिएको थारु समुदायको माघी

राजधानीको बन्द कोठाभित्र खुम्चिएको थारु समुदायको माघी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : थारु समुदायको वर्षकै ठूलो माघी पर्व आजबाट सुरु भएको छ।

पहिले पहिले माघी भन्ने वितिकै पर्वका साथै कम्लहरी बस्ने दिनको रुपमा पनि बुझिन्थ्यो। जमिनदार र धनाढ्यले थारुका छोराछोरीलाई कमैया र कम्लहरीका रुपमा लाने, गएकाहरु नविकरण गर्ने महिना माघ हुन्थ्यो।

सरकारले २०५७ साउनमा कमैया मुक्ति र २०७० असारमा कम्लरी मुक्तिको घोषणा गरेपछि थारुहरु आजाद भएर माघी पर्व मनाउँछन्।

थारु अगुवाका अनुसार माघी पर्व यो महिनाभरी चल्छ, जसरी नेपालीहरुको महान चाड दशैंतिहार महिनाभरी चल्छ।

पश्चिम नेपालमा बाक्लो उपस्थित रहेको थारु समुदायले राजधानीमा पनि माघी मनाउँछन्। माघी सुरु भएको दिन आज राजधानीमा थारुहरुले विभिन्न कार्यक्रम आयोजना गरेका छन्।

हरेक वर्ष टुँडिखेलमा भव्य समारोहका बीच कार्यक्रम गरेर मनाउने थारु समुदायले यसपालि अनामनगरस्थित तमु बौद्ध सेवा समितिमा कार्यक्रम गरेर मनाए।

माछा मार्ने, आफन्त तथा छिमेकी मिलेर गीत गाउने, खानपिन गर्ने थारुहरुको चलन छ।

माघीका अवसरमा थारुहरुले गाउँको नयाँ मुखिया छान्ने र वर्षभरीको कामको समीक्षा पनि गर्दै आएका छन्। 

फोटोमा हेर्नुस् काठमाडौंको माघी रौनक : 



ट्रेन्डिङ पोस्ट

Ncell