PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

यमबुद्धको मृत्युको ४ वर्ष, सम्झनामा सुनिल गिरीको 'शब्दहरू' सार्वजनिक



पहिलोपोस्ट

यमबुद्धको मृत्युको ४ वर्ष, सम्झनामा सुनिल गिरीको 'शब्दहरू' सार्वजनिक

काठमाडौं : र्‍यापर यमबुद्धप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गायक सुनिल गिरीले नयाँ गीत ल्याएका छन्। उनको निधन भएको ४ वर्ष भएको दिनमा 'शब्दहरू' बोलको गीत युट्‍युब रिलिज गरेका हुन्।

अनिल अधिकारी उर्फ यमबुद्धले २०७३ माघ ३ गते लन्डनको नर्थ होल्डस्थित घरमा आत्महत्या गरेका थिए। २९ वर्षको उमेर प्राण त्यागेका उनी युवामाझ चर्चित थिए। उनी बार्ज : र्‍याप ब्याटलका सञ्चालक थिए।

'यमबुद्धको स्वर्गारोहण भएको ४ वर्ष पूरा भयो। उसको सम्झनामा गीति भिडियो ल्याएको हुँ', गिरीले भनेका छन्।

सुनिलका सोल्टिनी, को होला त्यो , कस्तो यो मन, रोगै पिरती, मुग्लानलगायता लोकपप गीतका कारण चर्चामा रहेका सुनिलको 'शब्दहरू' भने र्‍याप हो। र्‍यापरप्रतिको सम्मानका लागि यो गीत ल्याएको उनले बताएका छन्।

गीतमार्फत् र्‍याप गीतमा बढ्दो विकृतिप्रतिको प्रहार र यमबृद्धको कामको तारिफ गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell