PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

साहित्यकार विजय चालिसेका तीन कृति एकसाथ बजारमा



पहिलोपोस्ट

साहित्यकार विजय चालिसेका तीन कृति एकसाथ बजारमा

काठमाडौं :  साहित्यकार तथा पत्रकार विजय चालिसेका तीन नयाँ कृति सार्वजनिक भएका छन्। 'सर्पदंशित मेरो वर्तमान', 'परिशीलन' र 'मरूभूमिको फूल' नामक पुस्तकहरू विहीवार लोकार्पण गरिएको हो।

सर्पदंशित मेरो वर्तमानमा यसअघि विभिन्न पत्रपत्रिकामा छापिएका चालिसेका २७ वटा निबन्ध सङ्ग्रहित छन्। परिशीलन नेपाली साहित्य, भाषा र आमसञ्चारबारे अनुसन्धानात्मक पुस्तक हो जसमा विभिन्न १० शीर्षकमा लेखहरू रहेका छन्। मरूभूमिको फूल भने नियात्रा तथा संस्मरणहरुको सङ्गालो हो।

सबै पुस्तक बीएन पुस्तक संसारबाट प्रकाशित भएका हुन्।

चालिसे नेपाली साहित्यमा मूलत कथा क्षेत्रका सुपरिचित व्यक्तित्व हुन्। उनले लामो समयदेखि कार्यपत्र र अन्य रचनाका रूपमा भाषा, साहित्य, संस्कृति र सञ्चार विषयका खोजमूलक लेखहरू लेख्दै आएका छन्। बालसाहित्य, संस्कृति, सञ्चार विषयका गरी उनका करिव ६ दर्जन कृति प्रकाशित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell