PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

रियल मड्रिडलाई हराउँदै बिल्बाओ फाइनलमा



पहिलोपोस्ट

रियल मड्रिडलाई हराउँदै बिल्बाओ फाइनलमा

स्पेनिस सुपरकप अन्तर्गत गएराति भएको दोस्रो सेमिफाइनल खेलमा एथ्लेटिक बिल्बाओले रियल मड्रिडमाथि जित निकालेको छ। रोमाञ्चक खेलमा मड्रिडलाई २-१ ले पराजित गर्दै बिल्बाओ फाइनल प्रवेश गरेको हो।

बिल्बाओको जितमा रउल गर्सियाले दोहोरो गोल गरे। उनले खेलको १८ औं र ३८ औं मिनेटमा गोल गरेका थिए। दोस्रो गोल उनले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गरेका थिए। उता रियलका लागि दोस्रो हाफमा करिम बेञ्जेमाले सान्त्वना गोल फर्काए। उनले खेलको ७३ औं मिनेटमा गोल गरेका थिए।

जितसँगै बिल्बाओले फाइनलमा स्थान सुरक्षित गरेको। आइतबार हुने फाइनलमा बार्सिलोना र बिल्बाओ भिड्ने छन्। बार्सिलोनाले बुधबारको खेलमा रियल सोसिडाडमाथि पेनाल्टीबाट संघर्षपूर्ण जित निकाल्दै फाइनल प्रवेश गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell