PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रधानमन्त्री कप: आर्मी टस जितेर ब्याटिङमा



पहिलोपोस्ट

प्रधानमन्त्री कप: आर्मी टस जितेर ब्याटिङमा

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब टस जितेर ब्याटिङमा उत्रिएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आजबाट सुरु भएको खेलमा आर्मी र गण्डकी प्रदेश भिड्दै छन्।

प्रतियोगितामा तीन विभागीय र सातवटा प्रदेशको टिमसहित जम्मा १० टिमलाई २ भागमा विभाजन गरिएको छ। समूह 'ए' त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन्। समूह 'बी' मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम प्रदेश रहेका छन्।

त्रिभुवन आर्मी क्लब:

बिनोद भण्डारी, विक्रम सोब, भीम सार्की, राजेश पुलामी, हरि चौहान, रोहित कुमार पौडेल, राजु रिजाल, शुसन भारी, अनिलकुमार मण्डल, आकाश चन्द, जितेन्द्र मुखिया, हरि कृष्ण झा, शहाब आलम, लोकेश बम

गण्डकी प्रदेश

बिपिन खत्री, मिलन लुइटेल, दीपेश खत्री, चन्द्रकान्त पौडेल, अमित गुरुङ्ग, राहुल शर्मा उपाध्याय, दीपक डुम्रे, अभिशेक थापा, सुवास भण्डारी, समीर कणेल, अर्जुन कुमाल, बिशाल पौडेल, बिष्णु पाण्डे, दिनेश जंग बुढामगर



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell