PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

खेलकुदमन्त्री लामाको बलिङ, सदस्य सचिव सिलवालको ब्याटिङ : शुरु भयो प्रधानमन्त्री राष्ट्रिय क्रिकेट कप



मुकुन्द घिमिरे

खेलकुदमन्त्री लामाको बलिङ, सदस्य सचिव सिलवालको ब्याटिङ : शुरु भयो प्रधानमन्त्री राष्ट्रिय क्रिकेट कप
फोटो : CAN

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता शुक्रवारबाट शुरु भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आजबाट सुरु भएको खेलमा आर्मी र गण्डकी प्रदेश भिड्दै छन्। खेलकुदमन्त्री दावा लामा र सदस्य सचिव रमेश सिलवालले बलिङ र ब्याटिङ गरेपछि खेल शुरु भएको छ।

कोभिड महामारीसँगै लामो समय मैदान बाहिर रहेका क्रिकेटरहरु राष्ट्रिय प्रतियोगिताका लागि मैदानमा उत्रिएका छन्।

यसअघि अघिल्लो महिना नेपाली क्रिकेटरले चितवनमा निर्माणाधीन गौतमबुद्ध रंगशालामा गौतमबुद्ध कप क्रिकेट खेलेका थिए। त्यसो त नेपाल क्रिकेट संघ (क्यान)ले महामारी पछि आयोजना गरेको यो पहिलो प्रतियोगिता भने होइन। यसअघि पनि दाङको लमहीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट सम्पन्न गरिसकेको छ। जसमा प्रदेश १ ले उपाधि उचालेको थियो।

प्रतियोगिताका खेलहरुका लागि मूलपानी क्रिकेट मैदान र टीयू क्रिकेट मैदान गरि दुईवटा मैदानमा खेल खेलाइने क्यानले जनाएको छ।

प्रतियोगितामा तीन विभागीय र सातवटा प्रदेशको टिमसहित जम्मा १० टिमलाई २ भागमा विभाजन गरिएको छ। समूह 'ए' त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन्। समूह 'बी' मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम प्रदेश रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell