PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

किन आफ्नै परिवारले 'शंकर'लाई बन्धक बनायो?



सविन ढकाल

किन आफ्नै परिवारले 'शंकर'लाई बन्धक बनायो?
प्रतीकात्मक तस्बिर।

काठमाडौं : ललितपुरको एकान्तकुनाबाट एक युवकलाई बन्धक बनाएको जानकारी आएपछि बुधवार महानगरीय प्रहरी परिसर ललितपुरको टोली उद्धार गर्न पुग्यो। परिसरको टोलीले ३० वर्षीय युवक शंकर पुडासैनीलाई बचायो पनि।

पुडासैनीले प्रहरीमा आफूलाई परिवारका सदस्यले नै बन्धक बनाएको बयान दिएपछि घटनामा अनौठो ट्विस्ट आयो। लामो समयको कसरतपछि प्रहरीले युवकको उद्धार गरेको थियो। तर, परिवारले भने युवकलाई बन्धक नबनाएर दुर्व्यसानीको कारण रिह्याव सेन्टरमा राखेको दावी गरेको छ।

'बन्धक बनाएको जानकारी आएपछि हाम्रो टोलीले उद्धार गरेको हो। युवकलाई अहिले उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ,' महानगरीय प्रहरी परिसर ललितपुरका एसपी प्रज्वल महर्जनले भने।

काठमाडौंको सम्पन्न एक परिवारले घर झगडाका कारण ती युवकलाई दुर्व्यसनी भन्दै पुनर्स्थापना केन्द्रमा जबर्जस्ती राखेको प्रारम्भीक अनुसन्धानमा देखिएको छ।

अर्को केटीसँग लागेपछि बन्धक…

शंकर विवाहित युवक। लामो समय अष्ट्रेलिया बसेर पढेपछि उनी नेपाल फर्किएका थिए। राम्रो पढाई र मेहनती स्वभावका कारण आर्थिक अवस्था पनि राम्रो थियो। काठमाडौंको सम्पन्न परिवार। सुसुरालीखलक पनि सम्पन्न नै। सुरुको केही समय उनको वैवाहिक जीवन राम्रैसँग चलेको थियो। तर, एकाएक शंकरको स्वभावमा परिवर्तन देखिन थाल्यो।

उनी बिहे इतरको सम्बन्धमा जोडिन थाले। श्रीमतीसँगको दुरी बढ्दै गयो भने अर्की युवतीसँग उनी नजिकिनेक्रम बढ्यो। विहेइतरको सम्बन्ध गाढा हुँदै थियो।

एकदिन शंकरको परिवारले उनी पोखरामा अर्की युवतीसँग भएको चाल पायो। त्यसपछि उनी ससुरालीतर्फबाट मात्र होइन आफ्नै बाबुआमा र श्रीमतीसँग पनि आँखाको तारो बन्न पुगे। दुवै परिवारको आर्थिक अवस्था र पारिवारिक पृष्ठभूमी राम्रो थियो। दुवै परिवारका छोराको यस्तो सम्बन्धलाई बाहिर ल्याउन चाहँदैन थिए। तर, शंकर भने घर परिवार नै त्यागेर युवतीसँग जीवन बिताउने अवस्था पुगिसकेका रहेछन्।

बाहिरकी युवतीसँगको सम्बन्धले नै शंकर र परिवारबिच फाटो ल्यायो। यहाँसम्म कि उनलाई युवतीसँगको सम्बन्ध टुटाउन बन्धक बनाउने सम्मको स्थित आयो। मानसिक अवस्था बिग्रिएको भन्दै उनलाई पटकपटक गरेर एक महिना भन्दा बढी समय रिदम न्युरो साइक्रेटिक एण्ड रिसर्च सेन्टरमा राखियो।

त्यसपछि उनलाई नार्कोलनमा लागू औषध सेवनकर्ता भनेर राखियो। उनको नाम नै परिवर्तन गरेर नार्कोननमा राखेको युवकले प्रहरीमा बयान दिएका छन्।

'मलाई जबर्जस्ती ड्रगिस भनेर रिह्यावमा राखिएको थियो। मैले आजसम्म खाएको छैन। मेरो परिवारले मलाई यसरी राखेको हो,' अनुसन्धानमा खटिएका प्रहरीले शिखरलाई उद्धृत गर्दै भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell