PahiloPost

May 16, 2026 | २ जेठ २०८३

भूकम्पबाट कसरी जोगिने? भक्तपुरको बोडेमा गरियो पूर्वअभ्यास

भूकम्पबाट कसरी जोगिने? भक्तपुरको बोडेमा गरियो पूर्वअभ्यास

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : विसं १९९० माघ २ गते दिउँसो २:२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ।

‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ दिवस मनाउन लागिएको हो। विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो। भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन शुरु गरेको थियो।

यो दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११:५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लिएको थियो। 

भूकम्प सुरक्षा दिवसको अवसरमा आज भक्तपुरको बोडेमा भूकम्प प्रतिरोधी पूर्वअभ्यास सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटीको आयोजनामा भएको पूर्वअभ्याका केही दृष्यहरु।

 



ट्रेन्डिङ पोस्ट

Ncell