PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रिन्स दाहाल ब्याडमिन्टनको वरीयतामा तेस्रो स्थानमा!



पहिलोपोस्ट

प्रिन्स दाहाल ब्याडमिन्टनको वरीयतामा तेस्रो स्थानमा!

काठमाडौं: नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाल जुनियर तर्फको बरीयतामा तेस्रो स्थानमा उक्लिएका छन्। ब्याडमिन्टन वर्ल्ड फेडेरेसनले जारी गरेको नयाँ वरीयतामा दाहाल शीर्ष तीन स्थानमा अटाएका हुन्।

यसअघि दाहाल वरीयताको ११ औं स्थानमा थिए। उनले ८ स्थान फड्को मार्दै तेस्रो स्थानमा पुगेको हुन्। नेपाली ब्याडमिन्टन खेलाडीले विश्ववरियतामा हात पारेको यो अहिलेसम्मकै ठूलो उपलब्धि हो।

उनी १०४००/११ अंकसहित तेस्रो स्थानमा छन्। शीर्ष स्थानमा रहेका माड्स जुएल मोलर १३५५०/१३ अंक सहित शीर्षस्थानमा छन भने दोस्रो स्थानमा भारतका वरुण कपुर १३१५०/१२ अंकले दोस्रो स्थानमा छन्।

प्रिन्सको करियर

६/७ वर्षदेखि नै ब्याडमिन्टन खेल्न सिके। सानैदेखि स्थानीय प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आएका प्रिन्सको ट्रर्निङ प्वाइन्ट थियो, सन् २०१७ मा हल्चोकमा भएको कृष्णमोहन कप।

प्रतियोगितामा उनले त्यति बेला नेपालका नम्बर ३ वरीयतामा रहेका खेलाडीलाई पछि पार्दै सबैको ध्यान खिचेका थिए। प्रतियोगितामा उनी सेमिफाइनलसम्म पुगे। उपाधि जित्न नसके पनि सम्भावनाका ढोका खोलिदियो।

प्रतियोगितापछि उनले स्पन्सर पाए। सिल्क ग्रुपले पहिलोपटक स्पन्सर गरेसँगै उनी व्यावसायिक रूपमा अझ अघि बढे।

त्यसपछि उनी इन्डिया जुनियर यु १९ मा मेन राउन्ड पुगे। प्रतियोगितामा भारतीय र बंगलादेशी खेलाडीलाई उनले हराएका थिए। यो पनि उनका लागि ठूलै उपलब्धि थियो। त्यसपछि नेपाल आएका उनले राष्ट्रिय खेलहरू खेले। यु १७ र यु १९ जिते। सिनियर ब्याडमिन्टनमा सेमिफाइनलसम्मको यात्रा तय गरे।

अन्तर्राष्ट्रिय स्तरबाट उनीमाथि परेको नजर सन् २०१८ को दुबई इन्टरनेसनल टुर्नामेन्ट पछि हो। त्यति बेला उनले यु १५ उपाधि जितेका थिए। ब्याडमिन्टन एसिया अफिसियल पेजमा उनको बारेमा काफी चर्चा भयो। त्यसपछि उनले म्यानमारमा एसिया च्याम्पियनसिप खेले। त्यहाँ टप १६ मा डिसाइडिङमा भारतसँग पराजित भए।

त्यसपछि दुबई इन्टरनेसन २०१९ जिते। यो उनको करिअरको ठूलो उपलब्धि थियो। जसबाट वरीयतामा समेत अगाडि आए।

अघिल्लो साल मंसिरमा भएको दक्षिण एसियाली खेलकुदमा तेस्रो स्थान हात पारे भने त्यसपछि लगत्तै भएको प्रेसिडेन्ट कपमा उपविजेता भए। प्रेसिडेन्ट कप इन्टरनेशनल प्रतियोगितामा प्रिन्स यु–१९ तर्फ दोस्रो बनेका थिए। अहिले उनी लहानमा पुष्पलाल स्मृती राष्ट्रिय र्‍याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगितामा सहभागी रहेका छन्। 

१६ वर्षे ठिटोको ११औँ वरीयता, ओलम्पिकमा देशका लागि मेडल ल्याउने लक्ष्य



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell