PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

रत्न, प्रिन्स, प्रफुल र दिपेश अन्तिम चारमा



पहिलोपोस्ट

रत्न, प्रिन्स, प्रफुल र दिपेश अन्तिम चारमा

काठमाडौं: राष्ट्रिय च्याम्पियन नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ्, उदियमान खेलाडी सिल्क ग्रुपका प्रिन्स दाहाल, आर्मीका प्रफुल महर्जन र एपिएफका दिपेश धामीले योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय र्‍याङ्किङ्ग प्रतियोगिताको पुरुष उच्च १६ को अन्तिम चारमा स्थान पक्का गरेका छन्।

शुक्रबार गोलबजार कभर्डहलमा भएको क्वाटरफाईनल खेलमा रत्नले भोजपुरका बिकास श्रेष्ठलाई २१/१८, २१/१८ को समान अन्तरले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाए। अव रत्नले फाइनल प्रवेशका लागि सिल्क ग्रुपका प्रिन्ससँग प्रतिस्पर्धा गर्नेछन्।

प्रिन्सले आर्मीका नविन श्रेष्ठलाई २१/११, २१/१७ ले पन्छाउँदै सेमिमा स्थान बनाएका हुन्। यस्तै आर्मीका प्रफुलले एपिएफका गौतम कठायतलाई ९/२१, २१/१६, २१/१३ले पराजित गर्दै सेमिफाईनलमा एपिएफका दिपेश धामीसँगको भेट पक्का गरेका हुन्। दिपेशले आर्मीका रुकेश महर्जनलाई २१/१३, २१/९ ले पराजित गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell