PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कोभिड-१९ अपडेट: २७० जनामा संक्रमण, ५ जनाको मृत्यु



पहिलोपोस्ट

कोभिड-१९ अपडेट: २७० जनामा संक्रमण, ५ जनाको मृत्यु

काठमाडौं:  शुक्रवार थप २ सय ७० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा तीन हजार ८४ जनाको नमुना परीक्षणका क्रममा ९० महिला र १ सय ८० पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। योसँगै संक्रमित संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको छ।

हालसम्म २ लाख ६० हजार ५ सय ६७ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा मात्र ३ सय ९० जना संक्रमित संक्रमण मुक्त भएका छन्। 

शुक्रवार संक्रमणका कारण ५ जनाको निधन भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ९ सय ४८ रहेको छ। हाल नेपालमा ४ हजार ३ सय १ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell