PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

प्रधानमन्त्री कप : गण्डकी प्रदेशलाई हराउँदै आर्मीको सुखद् सुरुवात​​​​​​​



पहिलोपोस्ट

प्रधानमन्त्री कप : गण्डकी प्रदेशलाई हराउँदै आर्मीको सुखद् सुरुवात​​​​​​​

काठमाडौं : आजबाट सुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशमाथि ९८ रनको फराकिलो जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८७ रन बनाएको थियो।

आर्मीका लागि कप्तान विनोद भण्डारीले शतकीय पारी खेल्दै सर्वाधिक १ सय ११ रन बनाए। उनले ७६ बलमा अविजित रहँदै १ सय ११ रनको शतकीय पारी खेले।

त्यस्तै राजु रिजालले ४५ तथा राजेश पुलामीले ३८ रनको महत्वपूर्ण योगदान दिए। त्यस्तै लोकेश बमले ४२ रन जोड्दै अन्तिम बलमा आउट भए।

बलिङतर्फ गण्डकीका बिपिन खत्री र विशाल पौडेलले समान २/२ विकेट लिँदा दीपेश खत्री र चन्द्र पौडेलले समान १/१ विकेट लिए।

२ सय ८८ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी १ सय ८९ मा अलआउट भएको थियो।

गण्डकीका लागि समीर कडेँलले अर्धशतक बनाउँदै सर्वाधिक ५० रन जोड्दा अर्जुन कुमालले ३६ र दीपक डुम्रेले २६ रन जोडे। त्यस्तै कप्तान बिपिन खत्री ३७ रनमा अविजित रहे।

गण्डकीलाई लक्ष्यसम्म पुग्न नदिन बलिङतर्फ राजेश पुलामीले सर्वाधिक ५ विकेट लिँदा भीम सार्कीले ३ विकेट लिए। त्यस्तै रोहित पौडेल, आकाश चन्द र राजेश पुलामीले १/१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell