PahiloPost

May 16, 2026 | २ जेठ २०८३

संगीतकर्मीलाई दिने भनिएको 'भिजा शूल्क फ्री' यात्रा योजना रद्द, बेलायतको समर्थन नरहेको इयूको दावी



पहिलोपोस्ट

संगीतकर्मीलाई दिने भनिएको 'भिजा शूल्क फ्री' यात्रा योजना रद्द, बेलायतको समर्थन नरहेको इयूको दावी
Getty Images

यूरोपेली देशहरूमा संगीतकारहरूलाई दिने भनिएको 'भिजा शूल्क मुक्त यात्रा अनुमति' प्रस्ताव खारेज भएको छ। यूरोपेली संघ (इयू) ले उक्त योजनामा बेलायतको समर्थन नरहेको दावी गरेको छ।

ब्रसेल्सका अधिकारीले बीबीसीसँग भने,'संगीतकर्मीहरूका लागि दिइने भिसामुक्त यात्रा योजना बेलायतले अस्वीकार गरेको हो।'

बेलायतका उच्च अधिकारी बस्ने एवं प्रधानमन्त्री कार्यालय समेत भएको डाउनिङ स्ट्रीटले उक्त 'महत्वाकांक्षी' प्रस्तावलाई यूरोपेली संघले खारेज गरेको प्रतिक्रिया जनाएको थियो। लगत्तै संघले फरक मत राखेको हो।

संघका ब्रेक्सिट वार्ताकार मिशेल बार्नियरले उक्त योजना खारेज हुनुलाई ब्रेक्सिटको एक परिणाम भएको बताएका छन्। उनले भने,'मलाई पछुतो छ कि बेलायत मानिसको गतिशीलता चाहँदैन।'

गत मार्चदेखि महादेशमा मानिसको गतिशीलता प्रोत्साहित गर्न संगीतकार, प्रस्तोता, पत्रकारलगायतलाई बिना भिजा यात्रा अनुमति दिने योजना बनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell