PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रचण्ड-माधव नेपाल समूहले ओलीलाई सोध्दैछन् : तपाईँलाई पार्टीबाट किन नहटाउने?



पहिलोपोस्ट

प्रचण्ड-माधव नेपाल समूहले ओलीलाई सोध्दैछन् : तपाईँलाई पार्टीबाट किन नहटाउने?

काठमाडौं : नेकपाको प्रचण्ड - माधव नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई साधारण सदस्यबाट हटाउने तयारी गरको छ। 
शुक्रवार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी विरोधी गतिविधि गरेकाले प्रस्टिकरण सोध्ने निर्णय गरेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए। 

'पार्टी विरोधी गतिविधि गरेकाले तपाईँलाई साधारण सदस्यबाट किन नहटाउने? भन्दै प्रष्टिकरण सोध्ने निर्णय भएको छ,' उनले भने।

वर सर्‍यो आन्दोलन

स्थायी कमिटी बैठकले काठमाडौंमा माघ २३ का लागि निर्धारित बिरोध प्रदर्शनलाई एक साता वार सारिएको छ। अब प्रदर्शन माघ १६ गते हुनेछ।

शुक्रवारको स्थायी कमिटी बैठकले आन्दोलनको कार्यक्रमको मिति केही दिन अघि सारेको हो।

यस्तै, बैठकमा सांगठन विस्तारका विषयमा पनि छलफल भएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटका बारेमा अध्यक्ष प्रचण्ड र माधव नेपालले स्थायी समितिमा ब्रिफिङ गरेका थिए।

उनीहरुले स्थायी कमिटी सदस्यलाई तत्काल कांग्रेसले आन्दोलनमा साथ नदिने सुनाए।

यस्तै, अहिलको सरकार संसद विघटनपछि कामचलाउ भइसकेको र कुनै पनि महत्वपूर्ण निर्णय गर्न नपाउने ठहर्‍याएको छ। अहिले सरकारले मनपरी काम गरिरहेको भन्दै बैठकले भत्सना गरेको छ। 'पार्टी संगठन, नेपाली काग्रेसका नेतासँगको भेट र सरकार कामचलाउ भएकाले उसले गरेका निर्णयको भत्सना गर्ने कुरा भएको छ,' एक स्थायी कमिटी सदस्यले भने।

आजको बैठक पछि सरकारका निर्णयको भत्सना गर्दै विज्ञप्ति जारी गर्ने तयारी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell