PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

दीपावलीमा प्रदर्शनको योजनासहित पुन: छायाँकनमा निस्कियो 'गंगूबाई काठियावाडी' युनिट



पहिलोपोस्ट

दीपावलीमा प्रदर्शनको योजनासहित पुन: छायाँकनमा निस्कियो 'गंगूबाई काठियावाडी' युनिट

सन् २०२० को सेप्टेम्बरमा रिलिज टार्गेट गरिएको थियो बलिउड फिल्म 'गंगूबाई काठियावाडी।' योजना अनुरुप गत वर्षदेखि छायाँकन सुरु भएको थियो फिल्मको। तर, कोरोना भाइरस महामारीका कारण छायाँकन रद्द भयो। लकडाउन लम्बिदै जाँदा फिल्म सिटीमा बनाएको भव्य सेट भत्काउनु पर्‍यो।

पछिल्लो समय फिल्म पुन: छायाँकनका लागि फ्लोरमा निस्कने बारे खबर सार्वजनिक भयो। लगत्तै अभिनेत्री आलिया भट् अभिनय रहने ‘गंगूबाई काठियावाडी’ कानूनी विवादमा तानियो।

कमाठीपुरा रेड लाइट एरियाको व्यवस्थापनदेखि माफिया डनको समेत परिचय बनाएकी गंगूबाई काठेवालीको रियल लाइफ 'हिरोइजम'लाई रिलमा उतार्दै छन् निर्देशक संजय लिला भंशाली। फिल्म 'गंगूबाई काठियावाडी’मार्फत् उनको गुजरातदेखि मुम्बईसम्मको यात्रा, असफल प्रेम कथा प्रस्तुत हुँदैछ।

हुसेन जैदीको उपन्यास ‘माफिया क्विन अफ मुम्बई’मा आधारित फिल्मका लेखक विरुद्ध गंगूबाईका धर्मपुत्र बाबुजी रावजी शाहले फिल्म निर्देशक सञ्जय लीला भंशाली, अभिनेत्री आलिया भट् र लेखक हुसेन जैदीविरुद्ध मानहानीको आरोपसहित निवेदन दिएका थिए। बलिउड हंगामाका अनुसार शाहले जैदीको किताबका अंशले गंगूबाईको गोपनीयता र स्वतन्त्रता भङ्ग गरेको साथै आतमसम्मानमा चोट पुर्‍याएको दावी गरेका थिए।

उनले फिल्म निर्माणको प्रक्रिया रोक्न र उपन्यास एवं फिल्म दुवैबाट गंगूबाईको गोपनीयता भङ्ग हुने अंश हटाउन माग गरेका थिए। हाल उक्त विवाद साम्य भएको छ। त्यसैले फिल्म युनिट पुन: छायाँकनका लागि निस्किएको छ। बनाइएको नयाँ सेटमा काम हुँदैछ।

कोरोना भाइरस महामारी केही साम्य भए आउँदो दीपावलीमा फिल्म प्रदर्शनमा आउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell