PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

बलिउड अभिनेता वरुण धवन र नताशा दालालको विवाह यही महिना हुँदै



पहिलोपोस्ट

बलिउड अभिनेता वरुण धवन र नताशा दालालको विवाह यही महिना हुँदै

बलिउड अभिनेता वरुण धवनको विवाह हुँदैछ। धवन र उनकी प्रेमिका नताशा दलालले जनवरी २४ मा विवाह गर्न लागेका हुन्। कोरोना भाइरस संक्रमणको जोखिमबीच सीमित पाहुनाको उपस्थितिबिच विवाह समारोह हुँदैछ।

तीन दिन लामो विवाह समारोह अलिबागमा हुँदैछ। करिव ४० देखि ५० जनामात्र बोलाइने जनाइएको छ। सबैलाई संक्रमणको जोखिमबाट जोगिन सुरक्षा योजना दिइनेछ।

 बलिउडकर्मीका लागि भोज केही महिनापछि राखिनेछ। बलिउड हंगामाले स्रोतलाई उल्लेख गर्दै लेखेको छ,'उनीहरू भव्‍य पञ्जावी परम्परा अनुसार विवाह गर्न चाहन्थे। तर, कोरोना भाइरस महामारीका कारण योजनाहरू स्थगित भए। अब भने सीमित आफन्त र साथीभाइहरूको उपस्थितिमा सम्पन्न हुने भएको छ।'

विवाहको कार्ड बाढिसकेको र दुवै पक्षले धुमधाम तयारी गरिरहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell