PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा नयाँपन : ‘टग अफ वार’मार्फत प्रदर्शन गर्दै युवा

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा नयाँपन : ‘टग अफ वार’मार्फत प्रदर्शन गर्दै युवा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दिनहुँजसो सडकमा विरोध प्रदर्शन हुँदै आएको छ। विभिन्न तहबाट हुने गरेका प्रदर्शनहरुमा नयाँ नयाँ शैली र स्वरुप देखिने गरेको छ।

यस्तैमा आज नेपाली कांग्रेस निकट युवाले ‘टग अफ वार’ (डोरी तान) मार्फत विरोध प्रदर्शन गरेका छन्। नेपाली कांग्रेस युवा प्रचार नेटवर्क र कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा सो प्रदर्शन भएको हो।

सो क्रममा ओलीतन्त्र, प्रचण्डमाधव नेपाल र नेपाली जनताका बीचमा भइरहेको संघर्षलाई ‘टग अफ वार’मा झल्काइएको थियो। ‘संसद विघटन र पश्चगमनविरुद्ध युवा आन्दोलन’को रुपमा आज माइतीघरमा सो प्रदर्शन गरिएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell