PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

५४ वर्षे जापानी फुटबलर मिओराको आफ्नो ३६ औं सिजनका लागि करार, जो अझै फिट छन्



पहिलोपोस्ट

५४ वर्षे जापानी फुटबलर मिओराको आफ्नो ३६ औं सिजनका लागि करार, जो अझै फिट छन्

खेलाडीले कति उमेरसम्म सक्रिय रुपमा खेल्ला? फुटबल, क्रिकेटलगायतका खेलमा हेर्ने हो भने ३५? ४०? या ४२? यो भन्दा माथि गए अपवादका रुपमा जान सक्ला। अझ ढल्कँदो उमेरमा शीर्षलिगमा कायम रहनु चानचुने कुरा होइन।

तर जापानी शीर्ष लिगमा योकोहामा फुटबल क्लबसँग भर्खरै करार गरेका काजुयसी मिओरा ५४ वर्षका भए। जापानमा 'किङ कजु' भनेर चिनिने मिओर यही फेब्रुअरीबाट ५४ वर्ष लाग्दैछन्। अर्थात सन् २०२१ को जे लिगको सिजन सुरु हुनु अगावै उनी ५४ वर्ष पुग्नेछन्।

जापानी लिगको यो सिजनसँगै उनले लिगमा आफ्नो ३६ औं सिजन पुरा गर्नेछन्। त्यस्तै सन् २००५ मा योकोहामासँगै करार गरेका उनको यो क्लबसँगको करार १७ वर्ष पुग्नेछ। अघिल्लो सिजन गोल ४ खेल खेलेर गोल गर्न भने नसकेका उनले यो सिजन गोल गर्दै जे लिगमा गोल गर्ने सबैभन्दा बढी उमेरको खेलाडी बन्न चाहेको बताएका छन्।

जे लिगमा उनी पछिको धेरै उमेरको खेलाडीको कीर्तिमान मसासी नाकायमाको नाममा छ। उनले सन् २०१२ मा कोन्साडोल साप्पोरोबाट ४५ वर्षको उमेरमा खेलेका थिए।

'मेरो फुटबल प्रतिको आकांक्षा र जोस बढिनै रहेको छ,' क्लबले जारी गरेको विज्ञप्तिमा उनको भनाइलाई उदृत गर्दै भनिएको छ।

सन् १८८६ मा ब्राजिलियन क्लब सान्तोसबाट करियर सुरुवात गरेमा उनले सन् २०१७ मा दोस्रो डिभिजनमा थेस्पाकुसात्सु गुन्माविरुद्ध गोल गर्दै जापानी प्रोफेसनल लिगमा गोल गर्ने सबैभन्दा बढी उमेरको खेलाडी बनेका थिए। त्यस्तै उनले इटालियन सिरी ए मा जिओनाबाट खेलिसकेका छन्।

उनले जापानका लागि ८९ खेलमा ५५ गोल गरेका छन्। सन् १९९० मा जापानका लागि डेब्यु गरेका उनले सन् १९९८ को विश्वकपमा देशलाई पुर्‍याउन महत्वपूर्ण योगदान दिएका थिए। यद्यपि विश्वकपमा भने उनले अवसर पाउन सकेनन्।

सन् २०१९ मा योकोहामालाई शीर्ष लिगमा बढुवा गराउनका लागि सहयोग गरेका उनले सन् २०२० को सिजनमा भने चार पटकमात्र अवसर पाएका थिए।

'ब्यक्तिगत रुपमा भन्ने हो भने यो चित्त बुझाउन सकिने सिजन थिएन, तर पनि फुटबल प्रतिको चाह भने अझै बढेर गएको छ,' उनले भनेका छन्, 'हरेक दिन म कडा मेहेनत गरेर धेरै भन्दा धेरै खेल खेल्दै म टिमको यो सिजनमा विजयका लागि योगदान दिन चाहन्छु।'

उनी ६० वर्षको उमेरसम्म सन्यास नलिने योजनामा रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell