PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

प्रधानमन्त्री कप: एपीएफ टस हारेर ब्याटिङमा



पहिलोपोस्ट

प्रधानमन्त्री कप: एपीएफ टस हारेर ब्याटिङमा

काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट अन्तर्गत आज विभागीय टोली एपीएफ र प्रदेश १ भिड्दैछन्। कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा जारी खेलमा एपीएफ टस हारेर ब्याटिङमा उत्रिएको छ। एपीएफ शरद भेषवाकरको कप्तानीमा उत्रने छ भने प्रदेश १ सिद्धान्त लोहनीको कप्तानीमा उत्रँदै छ।

शुक्रबारबाट सुरु भएको खेलमा आज एउटामात्र खेल हुनेछ। उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको थियो।

टिम एपीएफ

शरद भेषवाकर (कप्तान), बसन्त रेग्मी, प्रदीपसिंह ऐरी, सुन्दीप जोरा, कमलसिंह ऐरी, सुमित महर्जन, किसोर महतो, भुवन कार्की, मोहम्मद आशिफ शेख, सुवास खकुरेल र अभिनास बोहोरा

टिम प्रदेश १:

सिद्धान्त लोहानी (कप्तान), मिनस थापा, दीपक पासवान, राजन मगर, फिर्दोस अन्सारी, सुभाङ्कर उराओ, दीपेश कणेल, श्रवण यादव, सोनु मण्डल, जोसक खड्का, विवेक मेहेता, मनोज तामाङ, ज्ञानेन्द्र श्रेष्ठ र हेमन्त राई



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell