PahiloPost

May 16, 2026 | २ जेठ २०८३

आशिफको अर्धशतकमा एपीएफले प्रदेश १ लाई दियो २ सय ४४ रनको लक्ष्य



पहिलोपोस्ट

आशिफको अर्धशतकमा एपीएफले प्रदेश १ लाई दियो २ सय ४४ रनको लक्ष्य
तस्बिर: क्यान

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी खेलमा विभागीय टोली एपीएफले प्रदेश १ लाई २४४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको एपीएफले आशिफ शेखको आक्रामक अर्धशतकको सहायतामा २४३ रन जोडेको हो।

एपीएफले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २४४ रनको लक्ष्य प्रस्तुत गर्‍यो।

एपीएफका लागि आशिफ शेखले सर्वाधिक ५९ रन बनाउँदा बसन्त रेग्मीले ४० रन जोडे। त्यस्तै सुन्दीप जोराले ३०, कप्तान सरद भेषवाकरले २० तथा ओपनर सुवास खकुरेलले १९ रन जोडे।

बलिङतर्फ प्रदेश १ का लागि फिर्दोस अन्सारी, दीपेश कणेल, हेमन्त राई र श्रवण यादवलेले समान २/२ विकेट लिँदा सोनु मण्डल र जोसक खड्काले समान १/१ विकेट लिए।

प्रदेश १ केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell